काठमाडौं । बहुप्रतिभाका धनी गायक एवम् नायकको रुपमा परिचित यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।
मनास्लु मिडिया प्रालिद्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित सम्मान गरिएको हो ।
माझी किङ यमनले अवार्ड प्राप्त गरिसकेपछि आफुलाई थप हौसला मिलेको बताए । उनले आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन आँफैले केही पाठ्यक्रम बनाइ काठमाडौं तथा गाउँबस्तीमा समेत आफ्नो भाषा सिकाएका थिए । सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् ।
उनी विभिन्न संघ संस्था,कार्यक्रम तथा समारोहबाट सम्मानित भएका छन् भने उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड-२०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए ।
उनलाई विरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा माझी समुदायको उत्थानका निम्ति विगत लामो समयदेखि अनवरत रुपमा लागिपरेकोले उनको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान गरिएको थियो ।