काठमाडौं । अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ ।
पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् ।
शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी हाल थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो ।
माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने बताइएको छ ।