कलाकार जयनन्द लामाको जन्मथलोमा सालिक स्थापना

रंग नेपाल २०७९ फागुन १९ मा प्रकाशित

काठमाडौं ।  दिवङ्गत कलाकार, गायक, सङ्कलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलो सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ ।

जयनन्द लामा स्मृति कोषले हालै बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै १२ फिट अग्लो सालिक निर्माण गरेको हो । सालिक निर्माण लागत ८ लाख रुपैंयाँ रहेको छ ।

२०३० सालमा फिल्म ‘ मनको बाँध’बाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा’, ‘जय भोले’, ‘कान्छी’, ‘निशानी’ लगायतका फिल्ममा अभिनय गरेका थिए ।

उनी अभिनित पछिल्लो फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउँदैछ ।

उनका ‘कलकत्ते काइँयो’, ‘चट्ट परेको चुल्ठी’, ‘हेर्दैमा राम्रो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘नाच्यो झिल्के नाच्यो’, ‘मूलाको चाना’ लगायतका गीत चर्चित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट