मलाई ठूलो कलाकार बन्ने रहर छैनः केदार घिमिरे

रंग नेपाल २०७९ चैत ३० मा प्रकाशित

काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले यस वर्षको अभिनेताको अवार्ड प्राप्त गरेका छन् ।

बुधबार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई यो वर्षको अभिनेताको अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा अभिनेता घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाच्ने रहर भएको बताए । उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकहरूको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाए ।

उनले कोरोना संक्रमणका साथै आर्थिक अवस्था कमजोर हुने स्थिति बढीरहेपनि आत्मबलले त्यसलाई परास्त गर्न सकिने बताए ।

उनले भने, “म धेरै खुसी छु । यो अर्वाड म दर्शकहरूमाझ समर्पण गर्न चाहन्छु । दर्शकको माया र आशीर्वादले नै आज मैले यो अवार्ड प्राप्त गरेँ भन्ने विश्वास छ । म सानै कलाकार हो, र म सधैँ सानै भएर बाच्न चाहन्छु, तपाईँहरूको माया सधैँ रहिरहोस् । म मा घमण्ड कहिल्यै पनि नपलाओस् । कोरोना आउन लागेको छ, त्यसलाई हामी जित्नेछौँ । आर्थिक मन्दी आउँदैछ भन्छन्, त्यसलाई पनि हामी जित्नेछौँ । त्यसका लागि हामीले आत्मबल बलियो बनाउनु पर्छ ।”

धेरै पढिएका

पछिल्ला अपडेट