‘लाइगर’ को ट्रेलर रिलिज

रंग नेपाल २०७९ साउन ५ मा प्रकाशित

विजय देवरकोन्डा स्टारर पहिलो बलिउड फिल्म ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अनन्या पाण्डे विजयको अपोजिटमा प्रस्तुत भएकी छन् ।

ट्रेलरले विजयलाई किन फिल्मको क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने रहस्यलाई पुष्टि गर्छ । राम्या कृष्णन आमाको चरित्रमा अब्बल देखिएकी छन् ।

ट्रेलरको आकर्षक पक्ष विजयको एक्सन दृश्य र अवतार मात्र हैन, राम्याको शक्तिशाली उपस्थिति पनि हो । यसले उनको ‘बाहुबली’ अवतारलाई ताजा गराउँछ ।

फिल्ममा विजयले एमएम लडाकुको भूमिकामा अभिनय गरेका छन् भने उनलाई एक्सनका बहुमुखी चरित्रमा प्रस्तुत गरिएको छ । अनन्या विजयकी ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देखिएकी छन् ।

यो फिल्म भदौ १० गते प्रदर्शन तयारीमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट