पाइरेसीको सिकार बन्यो ‘प्रेमगीत–३’

रंग नेपाल २०७९ असोज १० मा प्रकाशित

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको बहुचर्चित नेपाली चलचित्र ‘प्रेमगीत–३’ पाइरेसीको सिकार बनेको छ । नेपाल, भारत लगाएत विश्वको ५० बढी देशहरुमा शुक्रबारबाट एकैसाथ सिनेमा हलहरुमा प्रदर्शनमा आएको ‘प्रेमगीत–३’ एकैदिनमा विभिन्न फिल्म पाइरेसी साइटहरुमा हिन्दी संस्करणमा लिक भएको हो ।

फिल्म टेलिग्राम, एच एचडी हव फोरयू,१३३ एक्स एच डी लगाएत पाइरेसी अनलाइनमा लिक भएको हो । एक दर्जन भन्दा बढी फिल्म साइटहरुमा प्रेमगीत–३ प्रि डिभिडि एचडी क्वालिटीमा करिब २ घण्टाको देख्न सकिन्छ ।

भारतमा प्रदर्शनमा आउने बलियुड तथा हलियुड फिल्महरु प्रायः जसो पाइरेसीको सिकार बन्ने गरेका छन् ।

पछिल्लो पटक रणवीर कपूरको चर्चित चलचित्र बलियुड चलचित्र ब्रह्मास्त्र, आमिर खानको लाल सिंह चड्ढा, अक्षय कुमारको रक्षाबन्धन र रणवीर कपूरकै शमशेरा जस्ता चलचित्रहरु पाइरेसीका सिकार बनेका थिए । जसको कारण चलचित्रको बक्स अफिस कलेक्सनमा समेत नराम्रो असर परेको थियो ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र प्रेमगीत–३ नेपालमा भने हिन्दी भाषामा प्रदर्शन गरिएको छैन् । नेपालमा नेपाली भाषामा चलिरहेको प्रेम गीत केहि दिनपछि हिन्दी भाषामा प्रदर्शन गरिने बताइएको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट