तिहार गीत ‘झिलीमिली तिहार’ बजारमा

रंग नेपाल २०७९ असोज २९ मा प्रकाशित

‘आयो हजुर देउसी र भैलो’
‘यही घरमा गर्नलाई रमाइलो’
‘यही घरमा आएऔँ ज्यान फालेर’
‘अँध्यारोमा लालटिन बालेर’

नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ ।

गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन् । गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट