कमिलाहरु किन सधै लाइनमा हिड्छन् ?

रंग नेपाल २०७९ कार्तिक १० मा प्रकाशित

पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू देख्न सकिन्छ । कमिलाको बानी देखेर हामी सबै अचम्मित हुन्छौं। कमिलाहरू सधैं एउटै लाइनमा हिडिरहेका हुन्छन् । कमिलाको यो बानीको पछाडि ठूलो कारण छ । कमिलाहरू किन एउटै लाइनमा हिंड्छन् त ?

कमिला संसारमा जताततै पाइन्छ। पृथ्वीमा धेरै प्रजातिका कमिला पाइन्छ। रानी कमिला, भाले कमिला र पोथी कमिला सधैं सँगै बस्छन् र आफ्नै परिवार बनाउँछन्। भाले कमिलाका पखेटा हुन्छन् भने पोथी कमिलाका पखेटा हुँदैनन्। कमिलाहरूलाई सामाजिक भन्न सकिन्छ, किनकि तिनीहरू सधैं बथानमा घुम्छन् ।

सबैभन्दा अचम्मको कुरा के छ भने कमिलाको आँखा देखाउन मात्र हुन्छ । कमिलाहरू अन्धो भएकाले देख्न सक्दैनन्। जब कमिलाहरू खानाको खोजीमा बाहिर निस्कन्छन्, तीमध्ये सबैभन्दा पहिला हिड्ने कमिला रानी कमिला हो । रानी कमिलाले बाटोमा फेरोमोन नामक रसायन निकाल्छिन्। यसको गन्ध सुँसेपछि अन्य कमिलाहरू पनि लाइनमा यताउता हिँडिरहन्छन् । कमिलाहरू लाइनमा हिंड्नुको कारण पनि यही हो । कमिला संसारमा जताततै पाइन्छ तर अन्टार्कटिकामा मात्र पाइँदैन। ब्राजिलको अमेजन जंगलमा सबैभन्दा खतरनाक कमिला पाइन्छ। उक्त कमिलाले टोकेको बेला शरीरमा बन्दुकको गोली लागेको सरह महसुस हुन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट