अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्री अवार्ड

रंग नेपाल २०७९ माघ ८ मा प्रकाशित

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले उक्त अर्वाड जितेकी हुन् ।

यसअघि ‘ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

२७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका छ । फेस्टिभलमा एक सयभन्दा बढी देशका फिल्म सहभागी भएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट