कलाकार र नेताहरुबिच फुटबल खेल (तस्वीरहरु)

रंग नेपाल २०७९ फागुन ४ मा प्रकाशित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा नेता तथा कलाकारबीच मैत्रिपुर्ण फुटबल सम्पन्न भएको छ ।

No description available.

बुधबार ओली कप आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल सम्पन्न भएको हो ।

मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायत तथा कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धिरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतले सहभागिता जनाएका थिए ।

No description available.

फागुन ११ गते हुने उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दै केपी ओली कपको सुरूआत गर्नेछन् ।

फाइनल खेल फागुन १७ गते दशरथ रंगशालामा हुनेछ ।

No description available.

एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट