बालाजु बाइसधारामा स्नान मेला (तस्वीरहरु)

रंग नेपाल २०७९ चैत २३ मा प्रकाशित

काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज बिहीबार स्नान मेला लागेको छ । धारामा बिहानैदेखि स्नान गर्नेहरुको भीड लागेको छ ।

No description available.

बाइसधारामा नुहाएपछि मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । सोही कारण बाइसधारामा स्नान गर्नेहरुको भिड बिहानैबाट लाग्न लागेको छ । धारामा स्नान गरेमा लुतो, खटिरा जस्ता छालाजन्य रोग हराउने विश्वास रहेको हुनाले पनि मेलामा बालबालिका देखि वृद्धवृद्धासम्मको उपस्थिति रहेको छ । मेलामा विशेष गरी हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आउने गरेका छन् ।

बाइसधारामा मल्लकालीन राजा जयप्रकाश मल्लले नेपाल सम्वत् ८७५ मा बालाजुमा २१ धारा निर्माण गरेका थिए । वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा धारा थपेर २२ पुर्‍याएपछि उक्त स्थान बाइसधाराका नामले चिनिन थालेको हो ।

No description available.

No description available.

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट