बैकुण्ठ प्रसाद उपाध्यायको तीन वटा गीतको भिडिओ एकसाथ सार्वजनिक

रंग नेपाल २०८० साउन १४ मा प्रकाशित

काठमाडौं । चलचित्र निर्माता एवम् गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले आफ्नो तीन वटा गीतको भिडिओ काठमाडौंमा एकसाथ प्रिमियर गरेका छन् । यी गीतहरूको वरिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र निर्माता/ निर्देशक तथा हास्यकलाकार सन्तोष पन्त र चलचित्र निर्देशक प्रकाश सायमीले संयुक्त विमोचन गरेका हुन् ।

हेर्ने भन्दा पनि बैकुण्ठका गीतहरू सुन्ने गीत बनेको राजेन्द्र थापाले बताए । राजेशले गीतको शब्द र भावलाई न्याय गर्दै निकै आकर्षक भिडिओ बनाएको प्रतिक्रिया पनि थापाले दिए ।

यस्तै, प्रकाश सायमीले नेपाली संगीतमा ढिलै भए पनि आफ्ना गीतबाट बैकुण्ठ प्रसाद उपाध्यायको उपस्थिति प्रसंसनीय भएको बताए । अभिनेता यसराज गराज, अभिनेत्री केकी अधिकारी, मिस पबी (पवित्रा खड्का), सन्दीप बाबु लोहनी, सत्या गिरीको मुख्य भूमिका रहेको तीन वटै म्युजिक भिडिओको निर्माण गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले गरेका हुन् ।

प्रिमियरमा रिलिज गरिएको तीन वटै भिडिओको निर्देशन राजेश थापाले गरेका हुन् । अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) वाट चलचित्र निर्देशनमा ग्राजुएशन गरेका राजेश थापाले यस अघि झण्डै पाँच दर्जन म्युजिक भिडिओ तथा केही वृत्तचित्रहरू निर्माण गरिसकेका छन् ।

बैकुण्ठ प्रसाद उपाध्यययले रचन गरेको, नारायण लामाको संगीतको स्वरूपराज आचार्य र अन्जु पन्तले अगल अलग भर्सनमा गाएको छाति किन पोल्छी…, र प्रताप दासले गाएको कुमार थापाको संगीत र बैकुण्ठकै रचनाको मैले दिएको चोखो माया…सहित तीन वटा भिडिओ रिलिज गरिएको हो ।

तीन वटै गीतहरूको एरेन्ज कुमार थापा, रेकर्ड चन्दु गोर्खाली र मिक्सिङ तथा मास्टरिङ मीन विष्टले गरेका छन् । स्वरूपराजको छाती किन पोल्छ… भिडिओमा यसराज गराज र केकी अधिकारीले अभिनय गरेका छन् भने अन्जु पन्तको स्वरमा मिस पबी (पवित्रा साकी) र सन्दिप बाबु लोहनीले अभिनय गरेका छन् ।

यस्तै मैले दिएको चोखो माया…मा यसराज गराज र सत्या गिरीसँगै सन्तोष पन्त, निर्माता बैकुण्ठ उपाध्याय, सफल सार्थक टुहुरे खड्गी, राजन अधिकारी, अनिसा थापाको पनि अभिनय छ ।

टोखा नगरपालिकाका विभिन्न रमणीय पर्यटकीय र धार्मिक स्थलहरूमा छायाँङ्कन गरिएको यस म्युजिक भिडिओको छायाँङ्कन नरेश अयर र सम्पादन तारा थापा किम्भेको रहेको छ । स्वरूपराज आचार्यको आवाज तथा यसराज र केकी अभिनित म्युजिक भिडिओ छाती किन पोल्छ… हाईलाईट्स नेपालको यु ट्यूब च्यानलवाट सार्वजनिक गरिएको छ । अरु दुई भिडिओ चाँडै युट्युव च्यनलमा आउने गीतकार उपाध्यायले बताएका छन् ।

गीतकार उपाध्यायले यस अघि सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने कान्छा आरोही तेम्वाछिरी शेर्पाको जीवनीमा आधारीत बृत्तचित्र ‘द योङ्गेस्ट हिरो अफ द हिमालय (२०५८)’ र कथानक चलचित्र ‘हिजो आजका कुरा (२०७८)’ मा सह–निर्माताको रूपमा काम गरिसकेका छन् ।  विगत लामो समयदेखि सांस्कृतिक अभियन्ताका रूपमा काम गरिरहेका उपाध्यायको यो तेस्रो प्रस्तुति हो ।

धेरै पढिएका

पछिल्ला अपडेट