‘जवान’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० भदौ १४ मा प्रकाशित

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ ।

प्रदर्शनको एक हप्ताअघि ‘जवान’को ट्रेलर सार्वजनिक भएको हो । फिल्म आगामी बिहीबारबाट प्रदर्शनमा आउँदैछ । एक्सन अवतारमा प्रस्तुत भएका शाहरुखको दुई रुप देखाइएको छ । एउटामा उनी प्रहरी र अर्कोमा नकारात्मक भूमिकामा चित्रित छन् ।

ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण देखिएका छन् । हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि फिल्म रिलिज हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट