‘जवान’ प्रदर्शनमा

रंग नेपाल २०८० भदौ २१ मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ आज बिहीबारबाट प्रदर्शनमा आएको छ ।

जवानमा एक्सन अवतारमा प्रस्तुत भएका शाहरुखको दुई रुप देखाइएको छ । एउटामा उनी प्रहरी र अर्कोमा खलनायक भूमिकामा प्रस्तुत छन् ।

फिल्ममा शाहरुखसहित दक्षिण भारतीय फिल्मका अभिनेता विजय सेतुपति, नयनतारा र दीपिका पादुकोण लगायतको अभिनय रहेको छ । फिल्ममा सेतुपति खलनायकको रुपमा प्रस्तुत छन् ।

फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि प्रदर्शनमा आएको छ । फिल्मलाई तमिल निर्देशक एटली कुमारले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट