चितवनमा रैथाने परिकारको खाना महोत्सव हुने

रंग नेपाल २०८० पुष १३ मा प्रकाशित

चितवन । चितवनको नारायणगढको क्याम्पा चौरमा रैथाने परिकारको खाना महोत्सव हुने भएको छ ।

यही पुसको १४ देखि १८ गते सम्म रैथाने खानेकुराको प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । होटल व्यवसायी संघ चितवनको आयोजनामा चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगाएत समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासका साथै होटल व्यवसायको प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सवका मुल संयोजक लोकनाथ भट्टले बताए ।

५ दिन सम्म संचालन हुने महोत्सवमा चितवन जिल्लाका विभिन्न जातजातिको रैथाने परिकार र होटल रेष्टुरेण्टहरुको स्टलहरु रहने आयोजकले जनाएको छ । उक्त महोत्सवको अवधिमा ५० हजारले अवलोकनका साथै ५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।  महोत्सवको अवधि भर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट