संगीत उस्ताद राशिद खानको निधन

रंग नेपाल २०८० पुष २५ मा प्रकाशित

काठमाडौं, २५ पुस । भारतीय गायक तथा संगीत उस्ताद राशिद खानको ५५ वर्षको उमेरमा निधन भएको छ । मंगलबार कोलकाताको एक निजी अस्पतालमा उनको निधन भएको हो । उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरसँग लडिरहेका थिए ।

उस्ताद खानको जन्म १ जुलाई १९६८ मा उत्तर प्रदेशको बदाउँमा भएको थियो ।

खानले बलिउड फिल्ममा पनि धेरै चर्चित गीत गाउनु भएको थियो । उनले सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ को लोकप्रिय गीत ‘आओगे जब तुम सजना’ मा स्वर दिएका थिए ।

उनले फिल्म ‘किस्नाः द वारियर पोएट’ को कहे उजादी मोरी नन्द, तोरे बिना मोह छैन नही, फिल्म ‘माई नेम इज खान’का अल्लाह ही रहम, फिल्म ‘शादी मे जरुर’को ‘तू बन्जा गली संग’ जस्ता चर्चित गीत गाएका थिए।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनेकी छन्– ‘यो सिंगो देश र सिंगो संगीत जगतको लागि ठूलो क्षति हो । म धेरै पीडामा छु किनकि म अझै पनि राशिद खान रहेनन् भनेर विश्वास गर्न सक्दिन ।’

धेरै पढिएका

पछिल्ला अपडेट