काठमाडौं । सरकारले इन्डोर र आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका हुन् ।
इन्डोर तथा आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताए ।