रणवीर श्रद्धा कपुरलाई घुँडा टेकेर रोमान्स गर्दै देखिए, स्पेनबाट लिक भयो भिडियो

रंग नेपाल २०७९ असार ७ मा प्रकाशित

रणवीर कपुर अहिले आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ र ‘शमशेरा’ को कारण चर्चामा छन् । यससँगै उनी लव रञ्जनको फिल्मको सुटिङ पनि गरिरहेका छन्, जसमा उनी पहिलो पटक श्रद्धा कपूरको अपोजिटमा देखिनेछन् ।

अहिले रणवीर र श्रद्धाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनीहरु फिल्मको एउटा गीतको सुटिङ गरिरहेको देखिन्छ । यी दुबैको केमेस्ट्रीलाई फ्यानले फिल्म अघि नै हेर्न पाएका छन्, जसलाई उनीहरुले मन पराइरहेका छन् ।

वास्तवमा, रणवीर कपुर र श्रद्धा कपुर यतिबेला स्पेनमा लव रञ्जनको अनटाइटल फिल्मको सुटिङमा व्यस्त छन् । दुवैको सुटिङका ​​क्रममा धेरै भिडियोहरु सार्वजनिक भएका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।

यसैबीच, अब अर्को भिडियो सार्वजनिक भएको छ, जसमा दुवै गीतको सुटिङ गरिरहेको देखिएका छन् । भाइरल भिडियोमा रणवीर कपुर र श्रद्धा कपुर स्पेनको सडकमा नाचिरहेका छन् । यसबाहेक रणवीर घुँडा टेकेर बसेका छन् र त्यसपछि दुवै किस गर्दै छन् । उनको पछाडि ब्याकग्राउन्ड डान्सर पनि देखिन्छन् ।

भिडियोमा रणवीर कपूर गुलाबी रंगको शर्ट र डेनिम जिन्समा देखिएका छन् । यसबाहेक श्रद्धा कपूर पहेँलो रंगको लुगा र सेतो स्नीकरमा देखिएकी छिन् । दुबैको लुक्स निकै सुन्दर देखिन्छ ।

रणवीर र श्रद्धा पहिलो पटक फिल्ममा सँगै देखिने भएका छन् । यो रोमान्टिक कमेडी फिल्म हो । यस्तो अवस्थामा दुबैलाई सँगै हेर्नका लागि फ्यानहरु निकै उत्साहित छन् ।

वर्कफ्रन्टमा रणवीर कपूर ‘शमशेरा’ र अयान मुखर्जीको ‘ब्रह्मास्त्र’ मा देखिनेछन् । फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय र नागर्जन पनि मुख्य भूमिकामा छन् । यसैबीच, श्रद्धा कपूर यसअघि २०२० मा टाइगर श्राफसँगको ‘बाघी ३’ मा र वरुण धवनको अपोजिट ‘स्ट्रिट डान्सर’ मा देखिएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट