बबाल मच्चाउने लुम्बिनीकी राज्यमन्त्रीको ‘प्रेमी’ले के भने ?

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वलीबारे एकराज बस्नेतले आफूहरुबीच आर्थिक लेनदेन रहेको बताएका छन् ।

छानबिन समितिलाई बस्नेतले आफू र मन्त्री वलीबीच आर्थिक लेनदेन रहेको बतााएका हुन् ।

जेठ ३१ गते विहान आफ्ना ‘प्रेमी’ भनिएका एकराजको घरमा पुगेर ‘मेरो पोई खोई रु’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले वलीलाई नियन्त्रणमा लिएको थियो ।

असार १ गते घटनाको छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति गठन गरेको थियो ।

त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेता समेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोवार आफूसँग भएको बताए ।

व्यवहार आफूसँग भएकाले छोराछोरी र श्रीमतीसँग गरिएको दुर्व्यवहार र कुटपिटको सजाय वलीले पाउनुपर्ने बस्नेतले बताएका छन् ।

‘मेरो र उहाँकाबीचमा साढे ६ लाख जतिको लेनदेन भएको हो तर त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो ।’ उनले छानबिन समितिलाई भनेका छन् ।

उनले राज्यमन्त्री वलीसँग हिसाब मिलान गर्छु भन्दा भन्दै पनि घरमै गएर गरिएको व्यवहार आफूलाई पनि सैह्य नभएको बयान दिएको बताइएको छ ।

यद्यपि वलीविरुद्ध मुख्य मन्त्रीकै दवावमा जाहेरी दर्ता गर्न रोकिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट