रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीको दबदबा

रंग नेपाल २०८२ पुष १५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवार सूचीमा राजनीति भन्दा मनोरञ्जन क्षेत्रको प्रभाव बढी देखिएको छ । फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका चर्चित अनुहारहरूले सूचीमा उल्लेख्य स्थान ओगटेका छन् ।

पूर्वमिस नेपालदेखि गायक, अभिनेता, मोडल र टेलिभिजन कार्यक्रम सञ्चालकसम्म रास्वपाको समानुपातिक सूचीमा समेटिएपछि पार्टीको उम्मेदवार छनोटमा ‘सेलिब्रेटी हाबी’ भएको टिप्पणी सुरु भएको छ । नयाँ अनुहार र पहिचान बोकेका व्यक्तिलाई अघि सार्ने रणनीतिअनुसार सूची तयार गरिएको पार्टीको दाबी भए पनि यसले राजनीतिक अनुभवभन्दा लोकप्रियतालाई प्राथमिकता दिएको देखिएको छ ।

सूचीअनुसार सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट चौथो स्थानमा अटाएकी छिन् ।

त्यसैगरी, गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट दोस्रो स्थानमा रहेका छन् । यही क्लस्टरको पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जो पेशाले चिकित्सकसमेत हुन् ।

दलित महिला क्लस्टरबाट टिभी कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा पहिलो स्थानमा परेकी छिन् । मनोरञ्जन क्षेत्रमा सक्रिय गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह पनि समानुपातिक सूचीमा समेटिएका छन् । आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा छन् ।

यसैगरी, चर्चित गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङको नाम पनि समानुपातिक सूचीमा परेको छ। दलित, उत्पीडित, समावेशी,तल्लो तहका नागरिक भन्दा सेलिब्रेटी पहिचानलाई प्राथमिकता दिइएको टिप्पणी भइरहेका छन् ।

रास्वपाको समानुपातिक सूचीमा परेका सेलिब्रेटीहरूको सूची

अनुष्का श्रेष्ठ – सन् २०१९ की मिस नेपाल
आदिवासी महिला क्लस्टर, चौथो स्थान

प्रकाश सपुत – गायक तथा अभिनेता
दलित क्लस्टर, दोस्रो स्थान

रुपक विश्वकर्मा घिमिरे – मोडल तथा अभिनेता (पेशाले चिकित्सक)
दलित क्लस्टर, पहिलो स्थान

रीमा विश्वकर्मा – टिभी कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री
दलित महिला क्लस्टर, पहिलो स्थान

आसिफ शाह – गायक, अभिनेता तथा टिभी होस्ट
मुस्लिम क्लस्टर, पहिलो स्थान

सत्यकला राई – चर्चित गायिका

त्रिशला गुरुङ – चर्चित गायिका

धेरै पढिएका

पछिल्ला अपडेट