बलिउडमा पाइला चाल्दैछन् यी साउथ स्टार

रंग नेपाल २०७९ असार ११ मा प्रकाशित

साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् ।

रामचरण तेजा साउथका सुपरस्टार हुन् । हालै रिलिज फिल्म ‘आरआरआर’मा उनको अभिनयको तारिफ भएको थियो । साउथमै रिलिज उनको फिल्म ‘आचार्य’ पनि हिट साबित भएका थियो । यिनै रामचरण बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा केमियो गर्दैछन् ।

अर्का साउथ स्टार सूर्याले फिल्म ‘जय भीम’बाट अभिनयको तारिफ राम्रो पाए । उनी चाँडै अक्षय कुमारको फिल्ममा देखिँदैछन् । सूर्या साउथको फिल्म ‘सोरारई पोटरु’मा प्रमुख भूमिकामा देखिएका थियो । अब यो फिल्मको हिन्दी रिमेक बन्दैछ, जसमा सूर्याकै अभिनय रहनेछ ।

अभिनेत्री रश्मिका मन्दानासँग हालका दिनमा बलिउडका तीन फिल्म छन् । उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनू’मा देखिदैछिन् । यसबाहेक विकास बहलको ‘गुडबाय’मा अमिताभ बच्चन र नीना गुप्ताका साथ देखिँदैछिन् । यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘एनिमल’मा पनि देखिदैछिन् ।

नागा चैतन्य हालका दिनमा आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन् । उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा केमियो गर्दैछन् । यो फिल्मका लागि उनलाई आमिरले नै प्रस्ताव गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट