यी हुन् मोडल हन्ट नेपालका सुन्दरीहरु (फोटोफिचर)

रंग नेपाल २०७९ असार १३ मा प्रकाशित

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२२’ को अडिसन सुरु भएको छ । शनिबारबाट काठमाडौँदेखि प्रतियोगीताको अडिसन सुरु भएको हो ।

अडिसन ९ जुलाईसम्म चल्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन् । प्रतियोगीताको यो सातौं संस्करण हो ।

प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागीता रहनेछ ।

अडिसनबाट छानिएका प्रतियोगीको जानकारी ९ जुलाईको अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ ।

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल¬) रुबिस्का श्रेष्ठ (ब्यवसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन् ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्नेछन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट