ओलीलाई भेटेका वामदेव गौतमले के भने ?

रंग नेपाल २०७९ असार १६ मा प्रकाशित

काठमाडौँ । लामो समयदेखि निष्क्रिय रहेको बामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेपछि सक्रियता बढाएका छन् ।

यसै क्रममा पार्टी घोषणापछि पहिलोपटक बिहीबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

गौतमले आज बिहान अध्यक्ष ओलीको निवास पुगेर भेटेका हुन् ।

भेटका क्रममा गौतमले ओलीलाई ठुलो पार्टी अध्यक्षको हैसियतले कम्युनिष्ट एकताको पहल गर्न आग्रह गरेका छन् ।

ओली निकट नेताका अनुसार गौतमले ओलीलाई एकताको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

यद्यपि गौतमले पनि सक्रियताका साथ नेकपा फुटाउन भूमिका खेलेका एमाले नेताहरुको बुझाइ रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट