किन भेटे महानायक राजेशले प्रचण्डलाई ?

रंग नेपाल २०७९ असार १७ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अभिनेता राजेश हमालले भेटवार्ता गरेका छन् ।

शुक्रबार विहान प्रचण्डलाई भेट्न हमाल संगीतकार चेतन सापकोटासहित उनको निवास खुमलटार पुगेका थिए ।

पछिल्लो समय कलाकारहरु विभिन्न राजनीतिक पार्टीमा प्रवेश गरिरहेका बेला हमालले प्रचण्डलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

त्यस्तै, हाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेलाको यो भेटलाई फरक ढंगले पनि हेरिएको छ । यद्यपि उनीहरुबीच भएको छलफलबारे भने केही खुलाइएको छैन ।

विकास बोर्डको अध्यक्षको आकांक्षीमा नायक भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठ लगायतले दलहरुलाई कन्भिन्स गर्दैछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट