काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीमाथि छानबिन गर्न बनेको समितिले वलीबाट पदीय मर्यादा विपरीत काम भएको निष्कर्ष निकालेको छ ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाउंदै वलीबाट पदीय कमजोरी भएको ठहर गरेको हो ।
मुख्यमन्त्री केसीले बदनाम गर्न घटना घटाइएको आरोप लगाउँदै त्यसको पनि छानबिन हुने बताए ।
विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।
जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन् ।
उनलाई दाङबाट बुटवल झिकाउन मुख्यमन्त्री केसीले प्रहरीले चर्को दवाव दिएका थिए ।