रक्सी पिएपछि किन मान्छे राम्ररी बोल्न सक्दैन ? हेर्नुस् यस्तो छ कारण

रंग नेपाल २०७९ असार १८ मा प्रकाशित

काठमाडौँ । रक्सी सेवन गरेपछि मानिसहरुको बोली लरबरिन्छ । बोल्न अप्ठ्यारो हुन्छ । तर के तपाईंलाई थाहा छ यस्तो किन हुन्छ ? कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौं न त राम्ररी हिँड्न सक्छौं ।

यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।

जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन् ।

जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठीकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो शरीरको नियन्त्रण गुमाउँने भएकोले मदिरा सेवन गर्नेहरु राम्रोसँग बोल्न र हिँडडुल गर्न सक्दैनन् । –एजेन्सी

धेरै पढिएका

पछिल्ला अपडेट