नीता र हरिहरले बिहेअघि गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारी असार २४ गते वैवाहिक सम्बन्धमा बाँधिदैछन् । करीब ३ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका उनीहरूको बिहेको कार्डसमेत वितरण भइसकेको छ ।

यसैबीच विवाहको तयारीमा रहेको यो जोडीले फिल्म ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेको छ । विवाहको ४ दिनअघि उनीहरूले फिल्मको शुभसाइत गरेका हुन् ।

‘नीता फिल्मस’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतवार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट