
काठमाडौं । नेपाली फिल्मका उदाउँदो अभिनेता हुन गौरव विष्ट । रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले फिल्म क्षेत्रमा राम्रै फड्को मारिरहेका छन् ।
दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठ्ठी बादल’ प्रदर्शनमा आउने तयारीमा छ । यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिँदैछन् । जुन हालै सार्वजनिक भएको फिल्म ‘एक मुठी बादल’को क्यारेक्टर पोस्टरमा देख्न सकिन्छ ।
सार्वजनिक दुई तस्वीरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ । रोचक कुरा के छ भने उनले यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका थिए । उनी क्यारेक्टरमा डुब्नका लागि आफ्नो शरीरको तौल घटाउन निकै मिहेनत गर्छन् भन्ने उदाहरण ‘एक मुठी बादल’मा दर्शकले देख्न पाउने छन् ।
९ केजी तौल घटाउँदै उनले फिल्मको पात्र अनुसार आफूलाई पूर्ण रूपमा पात्रमा रूपान्तरण गरेका छन् । अब उनको कामको प्रशंसा कतिको हुन्छ ? फिल्म जेठ १ गतेबाट प्रदर्शनमा आएपछि थाहा हुनेछ ।