चलचित्र ‘दोख’ आजदेखि हलमा

रंग नेपाल २०७९ असार २४ मा प्रकाशित

काठमाडौँ । अनुप बराल निर्देशित फिल्म ‘दोख’आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो ।

विनाशकारी भुइँचालो आएको ताका छायाँकन शुरू भएको फिल्म निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा कोभिड महामारी फैलिनु लगायतका कारण प्रदर्शनमा ढिलाइ हुन पुगेको थियो ।

अन्ततः दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट