आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’को सुटिङ सकियो

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । प्रेमकथामा आधारित फिल्म ‘हिंड्दा हिंड्दै’ को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्मको कथा अनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।

मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङको अभिनय रहेको छ । रेखा शाहले यो फिल्मबाट डेब्यु गर्दैछिन् ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्म लिलामान तण्डुकारले खिचेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट