निसान र शोभाको ‘ताज महल’ सार्वजनिक

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा एनबि जनकपुरीले सङ्गीत भरेका छन् । गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट