चलचित्र ‘प्रकाश’ नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै

रंग नेपाल २०७९ असार ३२ मा प्रकाशित

काठमाडौँ । चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ ।

महङ्गो रकममा विदेश राइट्स बेचेको बिनिस इन्टटेनमेन्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्युजल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइस्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ ।

उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको हो । साथै अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट