प्रेम गीत ३ को आधिकारिक प्रमोशनको काम सुरु

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ ।निर्देशक तथा निर्माता सन्तोष सेन मुम्बईबाट फर्किए लगत्तै अब आफु लगायत आफ्नो टिम फिल्म प्रदर्शन मिति असोज ७ लाई टार्गेटगरेर प्रचार-प्रसारमा होमिएको प्रतिक्रिया दिए ।

हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा फिल्मका मुख्य कलाकारसहितको भब्य ब्यानरराखिएको छ । अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचारप्रसारका सामाग्री राखेर प्रेम गीतमय बनाइने निर्माता तथानिर्देशक सेनले बताए । त्यसपछी मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशन लगायतमा ध्यान दिने तयारी छ ।

नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको फिल्म कोरोना महामारीका कारण पछि सरेको थियो। अनिश्चित कालका लागिसरेको फिल्मको प्रदर्शन अन्नतः यो वर्ष असोज ७ गते हुंदै छ।

दशैंको समयमा प्रदर्शन हुन लागेको यो फिल्मले ५० बर्षे नेपाली फिल्मकोइतिहासमा यसले अन्तर्राष्ट्रीय फिल्म बजारमा पहिलोपटक ढोका खोल्ने धेरैको अनुमान छ । नया प्रदर्शन मिति घोषणा भएसंगैदर्शकहरु निकै उत्साहित छन् ।

फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन्। यी बाहेक फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिषराउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका छन्। फिल्मको तेस्रो भाग भने अधिल्लाप्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ । स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट