लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईँली’ सार्वजनिक

रंग नेपाल २०७९ साउन ४ मा प्रकाशित

काठमाडौँ । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईँली’ सार्वजनिक भएको छ । यो गीतमा गायक प्रेमराजा महत तथा गायिका अस्मिता परियारको स्वर सुन्न सकिन्छ ।

यो गीतमा शब्द तथा संगीत पनि गायक प्रेमराजा महतले नै तयार पारेका हुन् । बाँझो खेतमा, हिउचुलीमा हिउँ, विदेशीको हरियो डलर आदि गीतका गायक महतले यो गीत आफूले चार दशक अगाडि नै कल्पना गरेको बताए ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ । दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

धेरै पढिएका

पछिल्ला अपडेट