हलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार को को हुन् ?

रंग नेपाल २०७९ साउन ६ मा प्रकाशित

हलिउड स्टारै स्टारले भरिएको फिल्म उद्योग हो। अग्रणी पनि यही हो। विभिन्न प्रयोग पनि यसैले गर्छ। र संसारको सबै भेगमा यसले आफ्नो प्रभाव पनि जमाएको छ।

त्यसैले हलिउडको कलाकार हुनु भनेको संसारभर चिनिनु हो। संसारभरको आइकन हुनु हो। त्यसैले त यो उद्योगका कलाकार हुन् वा प्राविधिक, उनीहरूले लिने पारिश्रमिक अत्यधिक हुने गर्छ।

हलिउडको एउटा कलाकारको पारिश्रमिकले तीन वटा ‘बाहुबली २’ जस्तो फिल्म बन्छ। सन् २०२२ को तथ्याङ्क हेर्ने हो भने अहिले सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार हुन्- टम क्रुज।

यस्तै सर्वाधिक पारिश्रमिक लिने कलाकारको दोस्रो नम्बरमा पर्छन्- विल स्मिथ। विलले केवल ३५ मिलियन अमेरिकी डलर पारिश्रमिक लिन्छन्। त्यो पनि आफ्नो अपकमिङ फिल्म ‘इमान्सिपेशन’को लागि।

यस्तै यो सूचीमा लियोनार्डो डि क्याप्रियो, ब्राड पिट, ड्वेन जनसन, भिन डिजेल, ह्वकिन फिनिक्स लगायत छन्। लियोनार्डो र पिटले ३० मिलियन डलर लिन्छन्। डिजेल, फिनिक्स लगायतले २० मिलियन डलर पारिश्रमिक लिन्छन्।

धेरै पढिएका

पछिल्ला अपडेट