‘राधा’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ साउन ८ मा प्रकाशित

काठमाडौँ । श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। श्रीमान्‌को खोजीमा निस्किएकी एक महिलाको कथा बोकेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो।

काठमाडौं र चित्लाङमा खिचिएको फिल्मले सामाजिक कथा बोकेको छ। फिल्मको ट्रेलरमा आफ्नो श्रीमान्‌ बेपत्ता भएपछि संघर्ष गरिरहेकी राधाको झलक देख्न सकिन्छ। ट्रेलरमा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, बुद्धि तामाङलगायतका कलाकार समेटिएका छन्।

फिल्ममा श्रृष्टिसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई तथा सौगात मल्लको अभिनय रहेको छ।

हेर्नुहोस ट्रेलरः

धेरै पढिएका

पछिल्ला अपडेट