अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध सकियो

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ ।

बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो ।

टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः सँगै देख्न सकिन्थ्यो । सूत्रका अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले सिंगल छन् ।

ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो । उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् । अहिले टाइगर आफ्नो काममा फोकस छन् । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’

धेरै पढिएका

पछिल्ला अपडेट