‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक 

रंग नेपाल २०७९ साउन ११ मा प्रकाशित

काठमाडौँ । ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ ।

अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ । सिनेमामा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट