भारतीय रियालिटी सो ‘सुपर डान्सर’ को फ्रेन्चाइज नेपालमा हुँदै

रंग नेपाल २०७९ साउन १३ मा प्रकाशित

काठमाडौँ । भारतीय रियालिटी सो ‘सुपर डान्सर’को फ्रेन्चाइज सो ‘सुपर डान्सर नेपाल’ सुरु हुने भएको छ । साउन अन्तिमबाट प्रसारण हुने ‘सुपर डान्सर नेपाल’का लागि भौतिक र भर्चुअल अडिसन पनि भइसकेको छ । चारदेखि १४ वर्षसम्मका बालबालिकालाई प्रतिस्पर्धामा उतारिने छ ।

आफ्नो नृत्य प्रतिभा बालबालिकाले देखाउनु पर्ने छ । सोका निर्देशन भुषण दाहालले गर्ने छन । अभिनेता भुवन केसी, जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई सोका निर्णायक रहनेछन् भने सोको हास्ट हाँस्य अभिनेता विल्सन विक्रम राई र नृत्याङ्गना कविता रहनेछन् ।

अडिसन काठमाडौं, पोखरा, इटहरी, चितवन, बुटवल, नेपालगन्ज लगायतमा लिइएको थियो । साथै, नेपाल बाहिर नेपालभाषी ठाउँमा पनि भर्चुअल अडिसन लिइएको आयोजकले बताएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट