गीता अधिकारीको ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

रंग नेपाल २०७९ साउन १५ मा प्रकाशित

काठमाडौँ । हिन्दू महिलाको महान पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ सङ्गीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट