बक्स अफिसमा ‘बिक्रान्त रोना’ : दुई दिनमा ५० करोड कमाई

रंग नेपाल २०७९ साउन १५ मा प्रकाशित

काठमाडौँ । भारतीय फिल्म ‘बिक्रान्त रोना’ले दुई दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ।

किच्चा सुदिपको मुख्य भूमिका रहेको यो कन्नड भाषाको फिल्मले दुई दिनमा ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको हो।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँको आम्दानी गरेको थियो।

त्यस्तै, फिल्मले दोस्रो दिनमा २०–२५ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। बक्सअफिस कर्नाटककाअनुसार फिल्मले दुई दिनमा ५३ देखि ६० करोड भारतीय रुपैयाँको आम्दानी गरेको हो।

धेरै पढिएका

पछिल्ला अपडेट