फिल्म ‘हामी तीन भाइ’को प्रदर्शन मिति तय

रंग नेपाल २०८२ पुष १७ मा प्रकाशित

काठमाडौं । मधुसूदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा तीन जना कलाकार विनोद न्यौपाने, फलित राई र कुशल विष्ट रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । तीनै जना एक अर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन् । साथै, छेवैमा एउटा भाले उडिरहेको देखिन्छ । साउद उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।

निर्देशक मधुसूदन भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भूमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँई शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन रहेका छन् ।

प्रसिद्धि सिने आर्टस् प्रालीको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । साथै, कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् । सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालको छ । फिल्मलाई सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन् ।

नृत्य कमल राई, इन्द्र देव महर्जन करर्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजक रेनिश फागोले गरेका छन् भने ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो ।

त्यसैगरी, सहायक सम्पादक क्यामोदिन मियाले गरेका हुन् भने श्रृंगार अशोक रोक्काको छ । फिल्ममा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन् ।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत् र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो । फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट