झुटो प्रचारको सिकार भइन् केकी अधिकारी

रंग नेपाल २०७९ साउन १६ मा प्रकाशित

काठमाडौँ । अभिनेत्री केकी अधिकारी झुटो प्रचारको सिकार भएकी छिन् । एउटा प्रोडक्टको विज्ञापनमा केकीको तस्बिर राख्दै झुटो प्रचार गरिएको हो।

केकीको दुब्लाउँदाका र गुमाउँदाको तस्बिर राख्दै उनले उक्त विज्ञापनको प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको प्रचार गरिएको छ। केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो तस्बिर दुरुपयोग भएको बताएकी छिन्।

उनले फेसबुकमा लेखेकी छिन् ‘मेरो नाम र तस्बिरहरुको चरम दुरुपयोग गरेर यस्ता भ्रामक विज्ञापनमा प्रयोग गरिएको पाएकोमा यसमा कुनै सत्यता नभएको र यसमा बिश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’

धेरै पढिएका

पछिल्ला अपडेट