सकियो फिल्म ‘वर एण्ड बधु’ को पहिलो चरणको छायाङ्कन

रंग नेपाल २०७९ साउन १८ मा प्रकाशित

काठमाडौँ । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो सेड्युलको छायाङ्कन सकिएको छ। पहिलो सेड्युल अन्तर्गतको रोमानियाको सुटिङ २४ दिनमा सकिएको निर्देशक चाम्सले फेसबुकमार्फत जानकारी दिए।

एक महिना अघि फिल्म ‘वर एण्ड बधु’ टिम सुटिङको लागि रोमानिया गएको थियो। फिल्मको बाँकी छायाङ्कन नेपाललगायत अन्य ठाउँमा गरिने बताइएको छ।

साथै, चाम्सले फिल्मको छायाङ्कनको तस्विरहरू समेत सेयर गरेका छन्। फोटोमा फिल्ममा मुख्य कलाकार आँचल शर्मा र विकेक कर्माचार्य रोमान्टिक देखिएका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट