उद्योगपति राणाले गाएको ‘शैलुङको चिसो चिसो बतास’मा राजेश र वर्षाको दमदार अभिनय

रंग नेपाल २०७९ साउन २६ मा प्रकाशित

काठमाडौं । समाजसेवी तथा उद्योगपति गायक विकाश राणाको स्वरमा रहेको नयाँ गीत ‘शैलुङको चिसो चिसो बतास’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा सशीविक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ । मेलोडियस गीतमा संगीत संयोजन सशीविक्रम थापाको संगीत संयोजन रहेको छ ।

शैलुंगको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतको भिडियोमा महानायक राजेश हमाल र अभिनेत्री वर्षा शिवाकोटीको दमदार अभिनय रहेको छ । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायाँकन मनोज सुवेदीले गरेका छन् । सौखिन तिमल्सिनाले सम्पादन गरेको भिडियो विकाश राणाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट