दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ विमोचित

रंग नेपाल २०७९ साउन २७ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय सांगीतिक बजार खस्कंदै जाँदा गायक तथा संगीतकारहरुले सांगीतिक एल्बम नभई एउटामात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ ।

बिहीबार राजधानी काठमाडौँको मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरियो । गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको हो ।

एल्बममा ४ वटा गीत रहेका छन् । एक गीतमा गायक लिम्बुलाइ त्रिशाला गुरुङले स्वरमा साथ दिएकी छन् । ‘समायोजन’ को निर्माण तथा व्यवस्थापन रुकमान लिम्बुले गरेका हुन् ।

रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समावेश एक गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।

एल्बम विमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्र कुमार, सूर्यबहादुर मगर, हेमराज लिम्बु, उत्तम केसी, भीषण मुकारुङ, तारा प्रकाश लिम्बू, बिनोद न्यौपाने, चन्द्र कुबेर खापुङ्गलगायत थुप्रै श्रष्टा तथा पत्रकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अग्रजहरुले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको बारेमा प्रसंशा गरे ।

कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक लिम्बु र इशिका लिम्बु फिचर्ड छन् । महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

युवराज वाइवाले ‘नढाँटन हौ’को कथामा निकै नै मेहनत गरेका छन् । एउटा सामान्य परिवारले देखेको सपना पूरा गर्न गरेको मेहनतको कथा भिडियोमा देखाउन खोजिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट