अमेरिकाको भर्जिनियामा सविन राईले तताए दर्शक, हेर्नुस् तस्वीरमा

रंग नेपाल २०७९ साउन २९ मा प्रकाशित

-विजय थापा

भर्जिनिया । अमेरिकाको करिब २ महिनाको यात्रामा अमेरिका आई पुगेका चर्चित गायक सविन राई तथा फेरोह समूहले भर्जिनियामा बेजोड प्रस्तुति गरेका छन् । उनले भर्जिनियामा दर्जनौ गीतहरु पस्के र दर्शकहरुलाई तताए र नचाएका छन् । दर्शक आ–आफ्नो स्थानको छेउमा खाली रहेका स्थानमै झुमेका थिए ।

सबिनले प्रस्तुति गर्ने सुरु गर्ने बित्तिकै दर्शकहरु मन थाम्न नसकी हर्षले चिच्याएका थिए । उनले केही भन्दा अझै कर्तलध्वनिको साथै साथमा स्वरमा स्वर मिलाएका थिए ।

गत अगस्त १२ शुक्रबारका दिन भर्जिनिया राज्यको अलेकज्यानड्रिया शहर स्थित सामुदायिक नोभा कलेज(महाविद्यालय)मा आयोजना गरिएको सबिन राईको कार्यक्रम ऐतिहासिक सफल भएको छ । दर्शकहरुको खचाखच भिड रहेको थियो भने उक्त कार्यक्रम हेर्न नजिकका राज्यहरुबाट आएका थिए ।

साबिन राईले दर्शकहरुका चाहना र इच्छालाई धित पुग्ने गरि कालजयी, राम्रा, चर्चित, लोकप्रिय र सबैले मन पराएका गीत प्रस्तुत गरेका थिए । उनले सुन्दरताको तिमी, गुराँसको फेद मुनि, कोमल तिम्रो, कालो कालो रातको, कोमल त्यो तिम्रो जस्ता दर्शकले अत्यधिक मन पराएका गीत गएका थिए ।

कार्यक्रममा बिशेष गरि उनका प्रशंसकका साथै किशोरकिशोरीहरुको उपस्थिति ज्यादै रहेको थियो । कार्यक्रम सुरु हुनु अगाडी केही स्थानीय कलाकारहरुको प्रस्तुति गरिएको थियो ।

कार्यक्रम सुरु हुनु अगाडी नेपाली तथा अमेरिकी राष्ट्रिय गानको धुन बजाईएको थियो । कार्यक्रमको आयोजना एवरेस्ट लायन्स फ्रेन्डशिप एसोसिएसनले गरेको थियो भने सबिन राईले प्रस्तुत गर्नु अघि आयोजक समितिको समेत परिचय अध्यक्षले गराएका थिए ।

उनि भर्जिनियाको कार्यक्रमको लागि मिनेसोटा राज्यबाट आएका थिए भने भर्जिनियामा कार्यक्रम पश्च्यात उनि सियाटल वाशिंगटन राज्य तर्फ लागेको आयोजकका तर्फबाट अभिजित राईले बताए ।

राईले करिव ७ सय टिकट बिक्री भएको बताए । दर्शक अन्य अतिथि,आयोजक र प्रायोजक सहित कार्यक्रम स्थल पुरै भरिएको थियो । उनले सबै नेपाली समुदाय र कलाकारहरुलाई माया गर्ने र हौशला दिने सबै प्रति कृतज्ञता भएको ईनेप्लिज मार्फत सन्देश दिएका छन ।

धेरै पढिएका

पछिल्ला अपडेट