नेपालमा थप ७४ जनामा कोरोना, कति पुगे सक्रिय संक्रमित ?

रंग नेपाल २०७९ असोज ८ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय २६ जनामा गरिएको परीक्षणमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै देशमा सक्रिय संक्रमितको संख्या १ हजार २८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, सोही समयमा थप १ सय १६ जनाले कोरोनालाई जितेका छन् भने संक्रमणको कारण एक जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोनाको कारण १२ हजार १७ जनाको ज्यान गएको छ ।

No photo description available.

धेरै पढिएका

पछिल्ला अपडेट