पुनम मोथेको ‘नाँच माया’ गीत छायाँकन सम्पन्न

रंग नेपाल २०७९ असोज २५ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आएकी गीतकार पुनम मोथेको ‘नाँच माया’ बोलको गीतको छायाँकन सम्पन्न भएको छ ।

गीतमा शब्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको छ । गायक तिलक बस्नेतले संगीत गरेको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय, पवन सुस्लिङको छायाँकन तथा सम्पादन, प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।

लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराएका थिए ।

नेपाली दर्शक श्रोताहरुलाई प्रवाशमा रहेकी नेपाली चेलीको तिहारको कोशेलीस्वरुप गीतको भिडियो असोज २६ गते सार्वजनिक हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट