शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

रंग नेपाल २०७९ असोज ३० मा प्रकाशित

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

जोशीको उपचारको क्रममा आज बिहान ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो । जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए ।

जोशीमा पछिल्लो समय एकै पटक विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएको थियो ।

जोशीमा निमोनिया, पिसाबको संक्रमण र मुटुरोगसँगै डेंगु संक्रमण देखिएको थियो ।

 

 

धेरै पढिएका

पछिल्ला अपडेट